संगालोखबर सम्बाददाता

 

फाइल तस्वीर

सुनसरी । सुनसरीमा जंगली हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा कोशी गाउँपालिका–४ खत्वे टोलका ५५ बर्षीय रामेखङ्ग खत्वे छन् ।

Advertisement

बिहान साढे ५ बजे खेततर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षणबाट आएको एउटा जंगली हात्तीले घर नजिकै उनलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरीले स्थानीयबासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लेखेटेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!