संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बुटवल । श्रीमतीको हत्या गरी फरार रहेका रूपन्देहीको सैनामैनाका सुकुम भनिने सन्तबहादुर घर्ती आफैं प्रहरी कार्यालय पुगेका छन् । घर्तीले शुक्रबार बिहान आफ्नै श्रीमती ३६ वर्षीया खुमा घर्तीलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

सैनामैना–८ बाँसगढी घर भएकी खुमा शुक्रबार बुटवल–११ स्थित दिदी गोमा थापाको घरमा आएकी थिइन् । दिदीको घरमा रहेका बेला सन्तबहादुरले खुमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए ।

Advertisement

खुकुरी प्रहारबाट गंभीर घाइते भएकी खुमाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । श्रीमतीलाई खुकुरी प्रहार गरी फरार रहेका सन्तबहादुर प्रहरीले खोजी गरेको थाहा पाएपछि आफैँ इलाका प्रहरी कार्यालय बुटवल पुगेका हुन् ।

उनी आफैं श्रीमतीको हत्या गरेँ भन्दै सम्पर्कमा आएको प्रहरीले जनाएको छ । उनले के कारणले श्रीमतीको हत्या गरेको भन्ने प्रहरीसामु बताएका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!