संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको केराबारी घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ बर्षीय जीवन राई छन् ।

आइतबार राती राईले २५ बर्षीया श्रीमती मन्दिरालाई कोठामा कुटपिट गरी मृत अवस्थामा छाडेर फरार भएको प्रहरीले जनाएको छ । घटनापछि खटिएको प्रहरी अधिकृतसहितको टोलीले राईलाई पक्राउ गरेको हो ।

Advertisement

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!