संगालोखबर सम्बाददाता

इलाम । इलामको माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइमा रोकेर राखेको पिकअप पछाडि सरेर किच्दा एक जनाको मृत्यु भएको छ । पिकअपले किचेर स्थानीय ५७ बर्षीय खिरबहादुर तामाङको मृत्यु भएको हो ।

Advertisement

बिहिबार साँझ पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी गणेश गोलाइमा रोकिएको थियो । गाडीमा सवार तामाङ पिसाब फेर्न गएका थिए । त्यही बेला अचानक गाडी पछाडि सरेर किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि पिकअप र चालक इलाम सन्दकपुर गाउँपालिका २ माइपोखरीका ३० बर्षीय महेश राईलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!