संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ तालखर्कका ४० बर्षीय बुद्दीमान राईले आज आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि उनले पनि झुन्डिएर आत्महत्या गरेका हुन् ।

बिहान करिव साढे १ बजे उनलेल श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई खुकुरीले ढाडमा हानेर हत्या गरी आफू घरबाट करिव ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएका थिए ।

Advertisement

आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गरेका हुन् । घटनाको जानकारी पाएपछि स्थानीयबासी घटनास्थल गएका थिए । त्यँहा पुग्दा ईन्द्रकलाको मृत्यु भइसकेको र बुद्दीमानको खोजी गर्दा रुखमा झुन्डिएको अवस्थामा फेला परेपछि उनीहरुले प्रहरीलाई जानकारी गराएका हुन् ।

ईलाका प्रहरी कार्यालय साङपाङ र तिवारी भंज्याङबाट टोली घटनास्थाल गएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!