संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ कांडेमा हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । ३३ बर्षीय गिरीराज थापाको हत्या गरेको आरोपमा उनका भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका हुन् ।

बुधबार दिउँसो ११ बजे घरबाट हिडेका गिरीराज घर नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहिबार बिहान पौने २ बजे घरदेखि करिव २०० मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट टोली घटनास्थल गएको थियो । घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखिएकाले सोही आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो । स्थानियबासीसँग सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हत्यामा संलग्न भएको भन्दै नारायण र रुपनलाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरुले घरायसी विवादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्धामा कानुनी कारबाही अघि बढाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!