संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४४३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा २१७ महिला र २२६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवासभामा २/२, तेह्रथुम र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको दमकमा ७७, विर्तामोडमा २३, मेचीनगरमा १६, शिवसताक्षीमा १०, अर्जुनधारा र भद्रपुरमा ८/८, कनकाईमा ७, कमल गाउँपालिकामा ५, बाह्रदशीमा ४, गौरादहमा ३, बुद्धशान्ति र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, इनरुवामा २, भोक्राहानरसिंह र दुहवीमा १/१, स्थानीय तह नखुलेका ९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै मोरङको विराटनगरमा ५७, लेटाङमा २३, बेलबारीमा १७, पथरीशनिश्चरेमा १०, बुढीगंगामा ४, उर्लाबारीमा ३, सुन्दरहरैंचा, कटहरी र स्थानीय तह नखुलेका २/२, कानेपोखरीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, महालक्ष्मीमा ३, छथर जोरपाटीमा १ र स्थानीय तह नखुलेका २ जना संक्रमित भएका छन् ।

यता, भोजपुरको भोजपुर नगरपालिकामा ४, स्थानीय तह नखुलेका १, उदयपुरमा २, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार २४३ पुगेको छ । यसैबीच आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ भने ५ हजार ६६८ सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!