संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३०७ जना कोरोना संक्रमित थपिएका छन् । ८६७ जनाको पीसीआर परीक्षण गर्दा १५५ महिला र १५२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २/२, दुहवी, गढी र स्थानीय तह नखुलेका १/१, झापाको विर्तामोडमा २२, दमकमा २१, भद्रपुरमा ११, कनकाईमा ९, मेचीनगरमा ८, अर्जुनधारा र बुद्धशान्तिमा ५/५, गौरादहमा ४, हल्दिबारीमा ३, शिवसताक्षीमा २, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ५५, केराबारीमा ११, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ५, कटहरीमा २, उर्लाबारी, बुढीगंगा, रतुवामाई र लेटाङमा १–१ जना संक्रमित भएका छन् ।

यता, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र स्थानीय तह नखुलेका १/१, इलामको चुलाचुली र मांसेबुङमा १/१, खोटाङको खोटेहाङ र संखुवासभाको खाँदबारीमा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार ५५० पुगेको छ । यसैबीच आज ३०८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुँनेका संख्या ६७ हजार ५६८ पुगेको छ मने सक्रिय संक्रमित ५ हजार ६४९ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!