संगालोखबर सम्वाददाता

विराटनगर । झन्डै एक महिना पछि प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै छ । २६ दिन पछि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । आर्थिक वर्ष २०७८÷०७९ को नीति कार्यक्रम तथा बजेट पास गरेपछि असार २५ मा बैठक स्थगित गरिएको थियो ।

Advertisement

कोरोना भाइरसको नियन्त्रणमा प्रदेश सरकारले उल्लेखनिय भूमिका निर्वाह गर्न नसकेको लगायत बिषयलाई लिएर विपक्षी दलबाट विरोध र आलोचना हुन थालेपछि असार २५ गतेदेखि बैठक स्थगित गरिएको थियो । यता प्रदेश सरकारले भने कुनै बिजनेश नभएको जनाउदै आएको छ । संघमा सरकार परिवर्तन भएपछि प्रदेश १ मा पहिलो पटक प्रदेशसभाको बैठक बस्न लागेको हो ।

बैठकमा केही बिधेयकहरु सभामा पेश हुने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आजको बैठकमा कृषि अनुदान सम्बन्धी विधेयक पेस गर्ने कार्यसूचि रहेको बताए । प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि तथा उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ प्रदेश सभामा दर्ता भइसकेका छन् ।

यसैबीच, प्रदेश १ मा पनि विपक्षी दलहरुले सरकार परिवर्तनको कसरत गरिरहेको स्रोतले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!