संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

Advertisement

झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६/२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बाह्रदशी, गौरीगञ्ज र हल्दिबारीमा १/१ जना संक्रमित भएका छन् । त्यस्तै मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैचामा ७, बुढीगंगा र पथरीशनिश्चरेमा ३/३, रंगेली र कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, लेटाङमा १/१ सुनसरीको इटहरीमा ३१, धरानमा १९, बराहक्षेत्रमा ५, दुहवी र रामधुनीमा ३–३, देवानगञ्जमा २, इनरुवा, बर्जु, भोक्राहा, हरिनगरमा १/१ जनामा संक्रमण देखिएको हो ।

यता, इलामको सुर्योदयमा ५, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १,संखुवासभाको खाँदबारीमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र तेह्रथुममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५७ महिला र १५५ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!