संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ स्थित लक्ष्मीचौकमा ट्याक्टरले किच्दा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २९ बर्षीय अविशेक आङ्दम्वे छन् ।

Advertisement

लसुने खोलाबाट ढुंगा बोकेर आउँदै गरेको प्रदेश १–०१–००१ त ९०३४नम्बरको ट्याक्टर रोक्ने क्रममा ट्याक्टरबाट ओर्लदा अविशेकलाई पछाडिको चक्काले किचेको थियो । चक्काले किच्दा उनी गंभीर घाइते भएका थिए । उपचारका लागि आधारभुत अस्पताल रवि लेजाने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ट्याक्टर र चालक स्थानीय २८ बर्षीय आईतहाङ आङ्देम्वेलाई ईलाका प्रहरी कार्यालय रविले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!