संगालोखबर सम्वाददाता
फाईल तस्वीर

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । स्थानीय ३२ वर्षीय राजकुमार तुम्बाहाम्फेलाई प्रहरीले एक थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तुम्बाहाम्फेसँग पेस्तोल भएको जानकारी आएको थियो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले घरबाटै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता रञ्जन दाहालले जानकारी दिए ।

Advertisement

तुम्बाहाम्फेलाई पक्राउ गरेर प्रहरीले उनको विषयमा थप अनुसन्धान थालेको छ । प्रारम्भिक बयानका क्रममा उनले खोल्सीमा पेस्तोल भेटेको बताएका छन् । प्रहरीले उनलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाउँने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!