संगालोखबर सम्बाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । बिहान करिब ५ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रण हुँन सकेको छैन ।

Advertisement

आगो निभाउँनका लागि झापासहित मोरङ, सुनसरी र इलामका १२ वटा दमकल खटिएका छन् । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

विद्युत सर्ट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ । तर, आगलागीको यकिन कारण खुल्न सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!