संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ५१ बर्षीय श्रीमुरारी गिरी छन् ।

मंगलबार दिउँसो ४ बजे गिरी कै घरमा बस्दै आएका उनको सालो १९ बर्षीय अर्जुन राईले गिरीको छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका गिरीलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थिायो । उपचारकै क्रममा राती करिव ७ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Advertisement

छुरा प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!