संगालोखबर सम्वाददाता

इटहरी । सुनसरीको इटहरी–४ स्थित टेग्रा खोला किनारमा एक महिलाको शव फेला परेको छ । संखुवासभाको मादी घर भई हाल इटहरी–४ मा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया सीता लिम्बूको शव फेला परेको हो ।

Advertisement

घोप्टो परेको अवस्थामा मृत भेटिएकी सीताको शरीरका बिभिन्न भागमा निलडाम छ । घटनाको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक सीताका श्रीमान स्थानीय एक निजी कम्पनीमा काम गर्दै आएका छन् ।

मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको विषयमा अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!