संगालोखबर सम्वाददाता

धनकुटा । अरिङ्गालले टोकेर घाइते भएका धनकुटाको पाख्रीवास नगरपालिका–३ बुधबारेका डम्बर बहादुर अधिकारीको मृत्यु भएको छ । घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका ७० बर्षीय अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

हिजो दिउँसो करिब १२ बजे घाँस काट्ने क्रममा अरिङ्गालको गोलोमा छुईदा बिच्किएका दर्जनौं अरिङ्गालले बृद्ध अधिकारीको अनुहार, घाँटी, हात, खुट्टा लगायत शरिरका बिभिन्न भागमा टोकेको थियो । घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा बेहोस अवस्थामा ल्याइएको थियो ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । प्रतिष्ठानबाट पनि उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाइयो । नोबेलमा उपचारका क्रममा गएराती करिब १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!