संगालोखबर सम्वाददाता
बिजयी बनेपछि मेयर गुरुङ्ग र उप–मेयर गौतम । तस्वीर:सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ्ग बिजयी भएका छन् । सोमबार राती सम्पन्न मतगणना अनुसार ५४९८ मतसहित कांग्रेस उम्मेदवार गुरुङ्ग बिजयी भएका हुन् । उनी गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार भीम राईले ५०५३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार राईलाई ४४५ मतान्तरले पराजित गर्दै गुरुङ्ग मेयरमा निर्वाचित भएका हुन् ।

Advertisement

यता, उप–मेयरमा एमाले उम्मेदवार नम्रता गौतम बिजयी भएकी छन् । उनले ५०६२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका ओमप्रकाश निरौलाले ४६४१ मत ल्याएका छन् ।

माओवादी केन्द्रका निरौलालाई ४२१ मतान्तरले पराजित गर्दै एमालेकी गौतम उप–मेयरमा निर्वाचित भएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!