संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांंग्रेसका उम्मेदवार जितेन्द्र राई बिजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार ५३९९ मतसहित कांग्रेस उम्मेद्वार राई बिजयी भएका हुन् । उनी गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कुमारजंग याखाले ४८२८ मत ल्याएका छन् । एमाले उम्मेदवार याखालाई ५७१ मतान्तरले पराजित गर्दै कांग्रेसका राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

यता, गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार मुना राई बिजयी भएकी छन् । उनले ४६५० मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका लिलाराज लावतीले ४१३६ मत ल्याएका छन् । जसपाका लावतीलाई ५१४ मतान्तरले पराजित गर्दै एमालेकी राई उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!