संगालोखबर सम्बाददाता

भक्तपुर । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिहिबार भक्तपुर नगरपालिका–१० कमलविनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सूर्यकिरण बचत तथा ऋण सहकारी संस्था र भक्तपुर नगरपालिका–१० कमलविनायकसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

Advertisement

स्थानीय सरस्वती विद्या गृह माध्यमिक विद्यालयमा आयोजित शिविरमा ९६३ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १७२ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा २२ जनाको दाँत उखेलिएको छ भने ४४ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ । केएमसीले केही बर्षअघिदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तिब्रता दिएको छ । देशका बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी विरामीहरुको निःशुल्क उपचार गरिदैं आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!