संगालोखबर सम्बाददाता

काभ्रे । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पनौती नगरपालिका १२ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

Advertisement

स्थानीय वाल प्रकाश माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार १ सय ७२ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २१६ जनाको रक्त परीक्षण, १९७ जनाको मुटुको जाँच (इसीजी) र १९५ जनाको भिडियो एक्सरे गरिएको छ ।

दाँतमा समस्या भएर आएका ३५ जना विरामीको दाँत उखेलिएको छ । यता, शिविरमा उपचार सम्भव नभएका ४२ जना विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट हजारौं गरिब तथा बिपन्न विरामीहरु लाभान्वित भइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!