संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–३ घर भई विराटनगर–११ मा डेरा गरी बस्ने २८ बर्षीय उमेश दाहाल छन् ।

Advertisement

आइतबार राती साढे ८ बजे कोशी अस्पताल परिषरमा पार्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो । प्रहरी चौकी मटेरूवाबाट खटिएको टोलीले मोटरसाइकल खोजी गर्ने क्रममा भारतका जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा मोटरसाइकलसहित दाहाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका दहाललाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!