पत्रपत्रिका खवर
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङमा  निर्माणाधीन तमोर करिडोरले  छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका  रूपमा रहेको निर्माणाधीन यस  करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तमोर  करिडोरको  अन्तिम ट्र्याक (मार्ग)  खोल्ने कार्य हाल जारी छ  ।

अब ट्र्याक निर्माण  हुन  बाँकी  रहेको  तीन  किलोमिटर  दूरी  सम्पन्न  भएमा  चीनको  स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले  जोड्नेछ  । ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा  निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ ।चीन  र  नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर करिडोरमार्फत भारत र चीनलाई  सडक  सञ्जालले जोड्नेछ ।

Advertisement

यसरी भारत र चीनलाई सडक  सञ्जालले  जोड्ने  निर्माणाधीन तमोर करिडोरको  कार्य हाल निरन्तर भइरहेको  निर्माण कम्पनीले जनाएको छ । करिडोरको ट्र्याक  निर्माणकार्य भइरहेको र अहिले जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला क्षेत्र प्रवेश गरिसकेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव  लामिछानेले  जानकारी दिए । आगामी फागुन मसान्तअगावै चीनसँग सडक जोड्ने  लक्ष्यका  साथ  हाल काम भइरहेको निर्माण कम्पनीका  प्रतिनिधि  लामिछानेले  बताए । – गोरखापत्र दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!