पत्रपत्रिका खबर

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५२३ जनाको कैद कट्टा गरेकी छन्। राष्ट्रपती भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी हुन्।

‘असोज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राईसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको छ’, राष्ट्रपती कार्यालयले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रपति कार्यालयका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको छ।’

मन्त्रिपरिषद बैठकले असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो।- अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!