संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य बृद्धि भएको छ । अघिल्लो साता मूल्य घटेको भएपनि यो साताको पहिलो दिन नै सुनचाँदीको मूल्य उकालो लागेको हो ।

Advertisement

सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बृद्धि भएको छ । मूल्य बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो । आइतवार तेजाबी सुनको मूल्य पनि बढेर ९० हजार २०० सय रुपैयाँमा कारोवार भइरहेको छ ।

चाँदीको मूल्य पनि बढेर एक हजार २०५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!