संगालोखबर सम्वाददाता

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएकाले कोरोना संक्रमित बिरामी भर्नामा कटौति गरिने भएको छ । अक्सिजन प्लान्ट बिग्रिएकाले प्रतिष्ठानमा भएका सिलिण्डरले धान्न सक्ने संख्याका बिरामीको मात्र भर्ना गरिने भएको हो ।

Advertisement

प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएर अक्सिजन उत्पादन हुन छोडेको बताइएको छ । प्लान्ट विग्रिदा अक्सिजन कम्पनीहरुबाट सिलिण्डरमा भरेर काम चलाउँनुपर्ने भएकाले उपचाररत बिरामीलाई अक्सिजन कमी नहोस् भनी अक्सिजन सिलिण्डरको उपलब्धताका आधारमा मात्र थप बिरामी भर्ना गरिने प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोख्रेलले जानकारी दिए ।

अहिले अक्सिजन प्लान्ट मर्मत भइरहेको छ । प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा नआएसम्म अथवा अक्सिजनको प्रर्याप्त मात्रामा बैकल्पिक व्यवस्थापन नभएसम्म अक्सिजन सिलिण्डरले धान्ने संख्यामा मात्र कोरोना संक्रमित बिरामी भर्ना गरिने प्रतिष्ठानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!