धनकुटा । शुक्रबार साँझ धनकुटाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ३९ जनाको पीसीआर परीक्षण गर्दा ११ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनकुटा नगरपालिकाका १२ जना, पाख्रीवास नगरपालिकाका ३ जना, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–१ का २२ र २९ बर्षीय पुरुष, ३३ बर्षीया महिला, धनकुटा–२ का ५८ बर्षीया महिला, धनकुटा–४ का ४३ र २४ बर्षीय पुरुष, धनकुटा–५ का १६ बर्षीया बालिका, धनकुटा–६ का १३ बर्षीय वालक र ४६ बर्षीया महिला, धनकुटा–७ का ३२, ४५ बर्षीय पुरुष र ६६ बर्षीया महिलामा संक्रमण देखिएको हो ।
त्यस्तै, पाख्रीवास नगरपालिका–२ का ५७ बर्षीय पुरुष, पाख्रीवास–४ का ३२ बर्षीय पुरुष र पाख्रीवास–१० का २८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी गाउँपालिका–६ का २२ बर्षीय पुरुष र महालक्ष्मी नगरपालिका–४ का ४७ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।