संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज १२९८ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा ५४३ महिला र ७५५ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष सहित ३५५, सुन्दरहरैचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५, सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ९२, मेचीनगरमा ६५, विर्तामोडमा ४६, भद्रपुरमा ३५, अर्जुनधारामा २६, बुद्धशान्तिमा २०, कनकाईमा १७, शिवसताक्षीमा ८, बाह्रदशीमा ६, गौरीगञ्जमा ५, कचनकवल र कमल गाउँपालिकामा ४–४, गौरादहमा २, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ६, सुनसरीको इटहरीमा ६६, धरानमा ५७, दुहवीमा १५, बराहक्षेत्र र रामधुनीमा ६–६, देवानगञ्ज र इनरुवामा ५–५, बर्जुमा ४, गढी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि धनकुटाको छथर जोरपाटीमा २६, चौविसेमा २२, महालक्ष्मीमा १९, धनकुटा नगरपालिकामा १३, पाख्रीवासमा ५, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । ताप्लेजुङको फुङलिङमा ६०, मेरिङदेनमा ९, पाथिभरा याङवरक, मिक्वाखोला, फक्ताङलुङ, श्रीजंगा र सिदिङ्वामा १ र स्थानीय तह नखुलेका ९, खोटाङको रावावेशीमा १५, जन्तेढुङ्गामा १३ र स्थानीय तह नखुलेका १, पाँचथरको मिक्लाजुङमा १५ र कुम्वायकमा १, संखुवासभाको पाँचखपनमा ८, खाँदबारीमा ५ र धर्मदेवीमा १, इलामको सुर्योदयमा ५, मांसेवुङमा ४, इलाम नगरपालिकामा २ र रोङमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, टेम्केमैयुङमा १ र स्थानीय तह नखुलेका ४, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लालीगुराँसमा १, ओखलढुङ्गामा एक जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिर ठेगाना भएका ५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४७ हजार ८६८ पुगेको छ । संक्रमित मध्ये ३१ हजार ५७३ संक्रमणमुक्त भएका छन् । आज २२४ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ५९० पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!