पाँचथर । पाँचथरको फिदिममा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ । आफ्नै घरको भर्याङबाट लड्दा फिदिम नगरपालिका–५ चोकमाबु सरसेउलाका ३५ बर्षीय राजु राईको मृत्यु भएको हो ।
उनी शुक्रबार राती १ बजे आफ्नै घरको भर्याङमा चिल्लिएर लडेका थिए । भर्याङबाट लडेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा शुक्रबार दिउँसो साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।