विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, तेह्रथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ महिला र १४९ पुरुषसहित २४५, सुन्दरहरैंचामा ४९, बेलबारीमा १३, बुढीगंगामा ११, धनपालथान र रंगेलीमा ४/४, जहदा र रतुवामाईमा ३/३, सुनबर्षी, उर्लाबारी, ग्रामथान, पथरीशनिश्चरे र लेटाङमा २/२, कटहरीमा १ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा १०८, धरानमा ४६, इनरुवामा २०, दुहवीमा १२, भोक्राहानरसिंहमा ७, बराहक्षेत्र र रामधुनीमा ४/४, गढी, देवानगञ्ज, बर्जु र कोशी गाउँपालिकामा २/२, स्थानीय तह नखुलेका ३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यता, झापाको दमकमा ३६, गौरादह, मेचीनगर र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ५ जनमा संक्रमित भएका छन् । त्यसैगरी धनकुटाको चौविसेमा १६, धनकुटा नगरपालिकामा १५, छथरमा ४, शहिदभूममिा ३, साँघुरीगढी, महालक्ष्मी, पाख्रिवास र स्थानीय तह नखुलेका १/१, तेह्रथुमको म्याङलुङमा १७, लालीगुराँसमा ७ र फेदापमा १, उदयपुरको त्रियुगामा ६, बेलकामा ५, उदयपुरगढी, चौदण्डीगढी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण भेटिएको छ । इलामको चुलाचुलीमा ३ र इलाम नगरपालिकामा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १/१, पाँचथरको मिक्लाजुङमा १, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२ हजार ६०७ पुगेको छ । जसमध्ये ३० हजार ७११ संक्रमणमुक्त भएका छन् । आज ८४ जना संक्रमणमुक्त भएका हुन् । सक्रिय संक्रमितको संख्या ११ हजार २६९ पुगेको छ । प्रदेश १ मा आज १ हजार ६३० जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ३०० महिला र ४५१ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।