धनकुटा । धनकुटाका थप १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ४८ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–१ का ५६ बर्षीय पुरुष, धनकुटा नगरपालिका–३ का ३८ बर्षीया महिला, धनकुटा नगरपालिका–४ का ५८ बर्षीय पुरुष र २२ बर्षीया महिला छन् । त्यस्तै धनकुटा नगरपालिका–५ का ४१ बर्षीया महिला, धनकुटा नगरपालिका–६ का ४१ र १७ बर्षीय पुरुष, ५६, ३५, र २२ बर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
यता, महालक्ष्मी नगरपालिका–५ का २० बर्षीय पुरुष, पाख्रिबास नगरपालिका–१० का ४८ बर्षीया महिला, छथर जोरपाटी गाउँपालिका–४ का ५४ बर्षीय पुरुष र छथर जोरपाटी–३ का ५५ र २८ बर्षीया महिलामा संक्रमण देखिएको हो ।
योसँगै धनकुटा जिल्ला अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणका आधारमा धनकुटामा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि हुँनेको संख्या १०६ पुगेको छ । जसमध्ये २५ जना संक्रमणमुक्त भएका छन् । ८१ जना सक्रिय संक्रमित मध्ये ६२ जना होम आइसोलेशन र ४ जना आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले जानकारी दिए ।