झापा । झापाको कन्काई नगरपालिका–३ मा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा कन्काई नगरपालिका–७ की ७१ बर्षीया कमला माया कामी छन् ।
बिहान पौने १२ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले कमलामायालाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।