संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना संक्रमितको उपचारका लागि धनकुटाको आँखिसल्ला स्वास्थ्य चौकीमा आईसोलेशन कक्ष निर्माण गरिएको छ । कोरोना संक्रमितलाई राखेर उपचारको व्यवस्था मिलाउँन शहिदभूमि गाउँपालिकाले १६ वेडको आइसोलेशन कक्ष निर्माण गरेको हो ।

Advertisement

आइसोलेशन कक्षमा तीन वटा अक्सिजन सिलिण्डर पनि राखिएको छ । कोरोना संक्रमण पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएकाहरुलाई राख्नका लागि आइसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार कोराना संक्रमण पुष्टि भएकाहरुलाई स्वासप्रश्वासमा समस्या देखिएमा अक्सिजन दिएर आईसोलेशन कक्षमा राखिने छ । श्वासप्रश्वासमा समस्या नदेखिएकाहरुलाई होम आईशोलेसनमै सुरक्षित तरिकाले बस्न आग्रह गरिने गाउँपालिका अध्यक्ष राइले बताए ।

सरकारको नीति अनुसार कोभिड अस्पताल सञ्चालनका लागि विज्ञापन गरिएको भएपनि एमबीबीएस डाक्टर नहुँदा जनशक्ति अभावले सहिदभूमिमा कोभिड अस्पताल सञ्चालन हुँन सकेको छैन । अहिले एक जना स्टाफ नर्स र गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सहयोगमा उपचारको व्यवस्था मिलाईएको हो ।

कोरोना संक्रमितलाई उपचारका लागि लैजान गाउँपालिकाले एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । गाउँपालिकाले कोरोना नियन्त्रणका लागि हेल्प डेक्स स्थापना गर्नुका साथै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

संक्रमित फेला पर्न थालेपछि पालिकाले वैशाख ३१ गतेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको छ । पञ्चकन्या र थलथलेमा लाग्ने हटिया पनि बन्द गरिएको छ । दैनिक उपभोग्य सामाग्रीका पसलहरु विहान ७ देखि ९ वजे र वेलुकी ४ देखि ७ वजे सम्ममात्र खोल्ने दिइएको गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!