विराटनगर । सुनसरीको इटहरीमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा इटहरी–१७ टिकुलियाका ५५ बर्षीय लक्ष्मण चौधरी छन् ।
शुक्रबार दिउँसो साढे १२ बजे घर नजिकै गोरु चराउने क्रममा हावाहुरीका कारण कदमको रुख ढलेर चौधरीलाई किचेको थियो । रुखले किच्दा उनी गंम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।