धनकुटा । धनकुटाका थप ७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा २२ जनाको पीसीआर परीक्षण गर्दा ५ जना महिला र २ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–४ का ३१ बर्षीय पुरुष, २८ बर्षीया महिला र दुई बर्षीया बालिका छन् । त्यस्तै धनकुटा नगरपालिका–६ का ३४ बर्षीय पुरुष, २२ बर्षीया महिला र ५० बर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए ।
यता, धनकुटा नगरपालिका–७ का ३३ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ । योसँगै जिल्ला अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणका आधारमा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ७२ पुगेको छ । जसमध्ये १३ जना संक्रमित निको भइसकेका छन् ।