संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि धनकुटा नगरक्षेत्रमा आजबाट निषेधाज्ञा जारी गरिएको छ । गएराती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्मका लागि धनकुटा नगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको हो ।

Advertisement

निषेधाज्ञाको अवधिमा अत्यावश्यक काममाबाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । निषेधाज्ञाको पहिलो दिन धनकुटा बजार सुनसान छ । अत्यावश्यक बाहेकका पसलहरु खुलेका छैनन् । बजारमा चहलपहल शुन्य प्रायः छ । अत्यावश्यक कामका लागि मात्रै सर्वसाधारण घरबाहिर निस्केका देखिन्छन् ।

आज पनि धनकुटाका दुई जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा गरिएको पीसीआर परीक्षणका आधारमा धनकुटामा दोस्रो चरणको संक्रमण पुष्टि हुनेको संख्या ५२ पुगेको छ । जसमध्ये ८ जना संक्रमित निको भएका छन् ।

तस्बीरहरु हेर्नुहोस्…

तस्बीरः रविन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!