विराटनगर । प्रदेश १ मा आज ४१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, तेहथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९८ महिला र १०२ पुरुषसहित २०० जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा १६, बुढीगंगामा ६, बेलबारीमा ४, उर्लाबारीमा ३, रतुवामाई र सुनबर्षीमा २/२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान, र पथरीशनिश्चरेमा १/१ र स्थानीय तह नखुलेका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
त्यस्तै सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका २/२, भोक्राहानरसिंह, बर्जु र गढीमा १/१ जना संक्रमित थपिएका छन् । यता, झापाको दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २/२, कनकाईमा १ जनामा संक्रमण पसष्टि भएको छ ।
त्यस्तैगरी तेह्रथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १/१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १/१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३३४ पुगेको छ । जसमध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ७६९ पुगेको छ ।
प्रदेश १ मा आज ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७० महिला र २४७ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।