संगालोखबर सम्वाददाता

धरान । धरानबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–११ कुबिरता चौकमा डेरा गरी बस्ने २८ बर्षीय सुमन भनिने रुद्र बहादुर मगर छन् ।

Advertisement

बिहिबार बेलुका ५ बजे मगरको कोठामा लुकाई राखेको अवस्थामा ७०० ग्राम गाँजा फेला पारी उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका मगरलाई आजै सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!