संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवासमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ । पाख्रीवास नगरपालिका–४ सिमखेतस्थित अम्लिसो घारीमा सड्न लागेको अवस्थामा शव भेटिएको हो ।

Advertisement

घाँस काट्ने क्रममा स्थानीयले वुधवार साँझ करिब ५ बजे अम्लिसो घारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय जालपा माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गाको अम्लिसो घारीमा शव भेटिएको हो । करिब ३०/३५ बर्षीया महिलाको जस्तो देखिने शव भेटिएको भएपनि शवको पहिचान हुँन वाँकी रहेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । ‘शव सडेर किरा पर्न थालिसकेको रहेछ । मृतकको पहिचान खुल्न सकेको छैन,’ एसपी अधिकारीले भने,‘मृृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याएका छौं । मृतकको चप्पल, कपडा लगायत पनि अम्लिसो घारीमा भेटिएको छ, त्यसको आधारमा पनि शवको पहिचानको प्रयास गर्दैछौं ।’

शवको प्रकृति हेर्दा करिब २० दिन भन्दा अगाडि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, मृतक को हो, हत्या वा मृत्यु के हो ? खुल्न सकेको छैन । केही महिना यता सो क्षेत्रमा कुनै महिला बेपत्ता भएको पनि प्रहरीमा जानकारी छैन । त्यसले पनि मृतकको पहिचानमा प्रहरीलाई थप अन्यौलता बढाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!