
तेह्रथुम । तेह्रथुमको आठराइमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घरमै बसिरहेका बेला चट्याङ लाग्दा आठराई गाउँपालिका–४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको मृत्यु भएको हो ।
बुधवार बेलुका ६ः१५ बजे आफ्नै घरको बरण्डामा बसिरहेका बेला गुरुङलाई चट्याङले लागेको हो । हावाहुरी र पानी परिरहेका बेला गुरुङलाई चट्याङ परेर लागेको थियो ।
चट्याङ लागेर घाइते भएका गुरुङलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।















