संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरंगको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बाह्रदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा २६, इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, बराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१ जना संक्रमित भएका छन् । ताप्लेजुङको फुङलिङमा ११ र स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १ र उदयपुरको बेलकामा १ जनामा संक्रमण पुष्टि भएको छ । यता, प्रदेश १ मा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९० पुगेको छ । संक्रमित मध्ये ३० हजार ६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३७७ पुगेको छ । प्रदेश १ मा आज ८४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८९ महिला र १६७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!