
भोजपुर । गाई काटेको आरोपमा प्रहरीले गएराती भोजपुरका एक जनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–६ भगेरीका ४४ बर्षीय गोपाल परियारलाई प्रहरीले राती करिब ११ः३० बजे घरबाटै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मंगलवार राती करिब ११ बजे परियारको घरमा गाई काटिएको हो । गाई काटेको खबर पाएपछि पुगेको प्रहरी टोलीले परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी शिशिर थापाले जानकारी दिए ।















