संगालोखबर सम्वाददाता

विराटनगर । मोरङ र झापाका दुई कोरोना संक्रमित पुरुषको गएराती मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङको कटहरी गाउँपालिका–२ का ४५ बर्षीय र झापाको झापा गाउँपालिका–१० का ५५ बर्षीय पुरुषको मृत्यु भएको हो ।

Advertisement

कटहरीका संक्रमितमा निमोनियाको समस्या देखिएको थियो । गत आइतवार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा वुधवार बिहान ३ः४५ बजे मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

यता, झापाका संक्रमित पुरुषमा सुगरको समस्या थियो । उनी सोमबार अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गएराती १२ः४५ बजे उनको मृत्यु भएको दाहालले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!