
विराटनगर । विराटनगर महानगरपालिका–७ बाट हाडवेयर पसल सञ्चालक पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उप–महानगरपालिका–१७ घर भई विराटनगरमा आर.एम.टेडर्स हाडवेयर पसल सञ्चालन गर्दै आएका २३ बर्षीय सुजित साह छन् ।
राजश्व अनुसन्धान कार्यालय इटहरी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा साहले लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल फेला परेको हो । त्यस्तै, पेस्तोलमा लाग्ने २ राउण्ड गोलीसमेत बरामद भएको छ ।
पक्राउ परेका साहका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















