संगालोखबर सम्वाददाता

धनकुटा । सवारी दुर्घटनामा परी धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख राकेश राईको मृत्यु भएको छ । कोशी राजमार्गको इटहरी–धरान सडक खण्डस्थित इटहरी–२० पानीपियाको जंगलमा सोमबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार राईको मृत्यु भएको हो ।

Advertisement

इटहरीबाट धनकुटातर्फ आउँदै गर्दा दिउँसो करिब ३ बजे ना ५ ख ५८३३ नम्बरको ट्रकले राई सवार प्रदेश १–०२–०४० च ५८२७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो । साँगुरीगढी–४ आहाले घर भएका २४ बर्षीय राई सवार मोटरसाइकललाई धरानतर्फ नै आउँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा साँझ ४ः४० बजे उनको मृत्यु भएको हो । घटनापछि ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!