
विराटनगर । प्रदेश १ मा आज २०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११४, झापामा ३७, सुनसरीमा ३३, ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १/१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरी ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २/२, केराबारी, सुन्दरहरैंचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १/१ जनममा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेका १/१ जनाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको हो ।
यता, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४/४, अर्जुनधारा र कनकाईमा ३/३, शिवसताक्षी र कमल गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । त्यस्तैगरी ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १/१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६४६ पुगेको छ । जसमध्ये २९ हजार ९५९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २०५ पुगेको छ । प्रदेश १ मा आज ७४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।















