संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

Advertisement

कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ रहेका छन् । कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराईलाई चयन गरिएको छ ।

कार्यदललाई सामाजिक विकास मन्त्री उषाकला राईले अघि बढाएको ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयनका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कार्यदलका सदस्यलाई कार्य जिम्मेवारी सहित ४५ दिन भित्रमा मन्त्रालयमा प्रतिवेदन पेश गर्न भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!