
झापा । झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडिको सडक खण्डमा आज ट्रकको ठक्करबाट सिटी सफारीमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७५ बर्षीया गायत्री देवी प्याकुरेल छन् ।
बिहान साढे ९ बजे भद्रपुरबाट चारआलितर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको हो । ट्रकले ठक्कर दिँदा प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक, सिटी र सिटी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार छन् ।















