संगालोखबर सम्वाददाता

ईलाम । ईलामको सुर्योदय नगरपालिका–९ गैरिगाउँमा रहेको ग्रामीण चिया उद्योग प्रा.लि.मा आज बिहान आगलागी भएको छ । बिहान साढे ५ बजे उद्योगमा आगलागी हुँदा स्टोरमा रहेको करिव ४५ बोरा चिया जलेर नष्ट भएको हो ।

Advertisement

आगलागीबाट करिव १० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

फ्याक्ट्रीमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ बजे नियन्त्रणमा आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!