
सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–४ बाट जाली नोटसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर–२ का २४ बर्षीय नजिम साफि र धरान–१७ का महेन्द्र तामाङ छन् ।
जाली नोटको कारोबार हुँने गरेको बिशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको हो ।
जाली नोटसहित पक्राउ परेका तीनै जनाविरुद्ध मूलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धि कसुर अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।















