
विराटनगर । प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १ र सुनसरीको धरानमा २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । योसँगै प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १७९ पुगेको छ ।
प्रदेश १ मा आज २२६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।















